हिमाली आवाज । भानु जयन्तीमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
गण्डकी मन्त्रिपरिषद्को बैठकले आगामी असार २९ गते भानु जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भानु जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
प्रदेशले कोजाग्रत पूर्णिमा, प्रदेश सरकार स्थापना दिवस र चैते दसैंमा पनि स्थानीय बिदा दिने निर्णय गरेको छ ।

