गण्डकीका खेलकुदमन्त्री दीपक मनाङेले कुटे आफ्नै मन्त्रालयका अधिकृत

हिमाली आवाज । पटक पटक विवादमा आइरहने गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री (राजीव गुरुङ(दीपक मनाङ)ले मन्त्रालयकै कर्मचारी माथि हातपात गरेका छन् ।

मन्त्री मनाङ्ले मंगलबार आफ्नै मन्त्रालयका अधिकृतस्तरका कर्मचारी प्रकाश ओझालाई कुटपिट गरेको बताइन्छ । कुटपिट गरिएका कर्मचारी ओझाको मोवाइल स्वीच अफ छ ।

मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले आफू हाल पोखरा बाहिर रहेको र अनौपचारिक रुपमा कुटपिट भएको भन्ने सुनेको बताउँदै मन्त्रालय गएपछि थाहा हुने बताए । अनुदान सम्बन्धी कार्यविधिका विषयमा मन्त्री गुरुङसँग भनाभन हुँदा हातपात भएको बताइन्छ ।

मन्त्री मनाङले आफूले कुटपिट नगरेको बरु सम्झाएको बताएका छन् ।  ‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ । तर यस्तो हो, यो चोरहरुले ठगेर खान पाएको छैन,’ उनले भने, ‘आरोप लगाउने त हो नि ।  किन पिट्न पर्यो, त्यसलाई त पछि कारबाही गर्ने हो । मैले कुट्यो भने त त्यो मर्छ । त्यस्ता चोरहरुलाई कुट्ने मेरो बानी छैन ।’

सांसदमा निर्वाचत भएपछि पनि उनले एन्फा कास्कीका अध्यक्ष मीलन गुरुङलाई सार्वजनिकस्थलमा हातपात गरेका थिए ।

Comments
Loading...