काठमाडौँ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार अधिकारीलाई निलम्बिन गरिएको बताइन्छ ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा अधिकारीलाई निलम्बन गरिएको स्रोतले जनाएको छ । अधिकारीलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको हो ।