कस्केली अधिकृत समाजको अध्यक्षमा सुवेदी निर्वाचित

हिमाली आवाज । कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सहसचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास रहनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई.सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुङ्गाना, चन्द्रावती अधिकारी(वाग्ले), अनिल सुवेदी र मैया पराजुली रहनुभएको छ ।

अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुङ्गाना सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले सकारात्मक सहकार्य र भावनात्मक एकतामा जोड दिदै कृयाशिल समाजले आगामी दिनमा अझै सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा समाजद्वारा प्रकाशित अधिकृत आवाज(अङ्क १०) लोकापर्ण गरिएको थियो भने समाजसेवी एवम् पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल, समिक्षक असफल गौतम सहित समाजमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह(बाबा) को अध्यक्षता एवम् सचिव लोकनाथ दवाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा गैर सरकारी महासंघ कास्कीका गोपिबहादुर थापा, राजयोगिनी सुधा बराल, सम्मानित व्यक्तित्व चन्द्रकान्त बराल, सल्लाहकार प्रेमप्रकाश गौतम, डा.दीर्घनाथ ढुङ्गाना, जिल्ला न्यायाधिश वसन्तराज पौडेल लगायतले बोल्नुभएको थियो । उ

Comments
Loading...