पोखरा महानगरको उपमेयरमा वडाध्यक्ष पौडेलको दावी

हिमाली आवाज । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरको मेयर र उपमेयर लगायतका पदमा आकाङ्क्षीहरु बढ्दै गएका छन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले कार्यतालिका सँगै आचारसंहिता सार्वजनिक गरेसँगै आकांक्षीहरु टिकट आफ्नो पक्षमा पार्न दौडधुप गरिरहेका छन् । यसैबीच एमाले नेता शोभामोहन पौडेलले पोखरा महानगरको उप मेयरमा दावी गर्नुभएको छ ।

जिल्लास्तरीय नेता र कार्यकर्ता विच मेयरका रुपमा चर्चामा रहनुभएका पौडेल एकाएक उपमेयरका लागि अगाडि बढ्नु भएको छ । करिव ५ वर्ष पोखरा १९ को वडाध्यक्ष भएर आफ्नो कार्य कुशलता देखउनुभएका पौडेलले पोखराको व्यवस्थित विकासमा सघाउन उपमेयरमा दाबी गरेको बताउनुभयो । केही समय पोखरा महानगरको कार्य वाहक मेयर समेत हुनुभएका पौडेल प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।

महानगरको विधायन समितिमा रहेर महानगरले बनाउनु पर्ने धेरै कानुनको विधान मस्यौदा समेत तयार पार्नुभएका पौडेलले वडाध्यक्ष हुँदा प्रसस्त मात्रामा जन सरोकार का काम गरेर जनता को मन जितेको बताउनुभयो ।

Comments
Loading...