हिमाली आवाज । पोखरा महानगरपालिका–४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका वडा नं. ८ ठाँटीमा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
स्वास्थ्य सामग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले माछापुच्छ«े गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद दवाडी र आधारभूत स्वास्थ्य केन्द्र प्रमुख लक्ष्मण दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।
स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको नेलम्बोले स्वास्थ सेवालाई नागरिकको पहुँच सम्म सजिलै सेवा पुगोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य संस्थाहरुलाई सहयोग प्रदान गर्दै आईरहेको छ ।

नेलम्बो नेपालले सो स्वास्थ्य संस्थालाई क्रिप ब्याण्डेज २० प्रति, सर्जिकल ब्लेड १ बक्स, ३ एमएल सिरिञ्ज १०० प्रति, नि क्याप १० प्रति, पोलिन सुचर ५० प्रति, स्ट्रेचर १ प्रति, डिस्पोजिवल ग्लोब्स १० प्याकेट, एसिलोफिनेन्स् १०० ट्याबलेट, एमलोडीपिन १०५ ट्याबलेट, पेपर टेप १२ प्रति, मुपिरिसिन ओन्टीमेण्ट २ ट्यु, आस्थालिन १ बक्स, इप्राभेन्ट १ बक्स, आईभि क्यानुला ५० प्रति, आइभि सेट ५० प्रति, स्ट्रेलाइज ग्लोब्स १०० प्रति र डिक्लोफिन २० ट्यु सहयोग गरेको हो । नेलम्बोले रु ५२ हजार ६३० बराबरको सामाग्रही सहयोग गरेको हो ।
नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले आवश्यकताका आधारमा संस्थाले उपलब्ध गराएका सामग्रीहरु सही सदुपायोग हुनेमा विश्वास व्यक्त गर्नु भयो । त्यसैगरी वडा अध्यक्ष कृष्प्रसाद दवाडीले नेलम्बो नेपालले कोभिड १९ को विषम् परिस्थितिमा पनि महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै अहिले स्वास्थ्य केन्द्र स्थापना भएपनि पर्याप्त स्वास्थ्य सामग्रीहरु नहुदाँ सेवा प्रदान गर्नमा असहज भएको बताउनुभयो । उहाँले स्वास्थ्य सामग्रीहरु प्रदान पश्चात् सेवा प्रवाह राम्रो हुने र स्थानीय बासीहरुले सेवा राम्रो पाउने हुदाँ स्थानीय बासीहरुलाई स्वास्थ्य केन्द्रबाट बढी भन्दा बढी सेवा सुविधा लिन समेत आग्रह गर्नु भयो ।
स्वास्थ्य केन्द्र प्रमुख लक्ष्मण दाहालले समग्र स्वास्थ्य केन्द्रको अवस्थाको वारेमा जनाकारी दिनु भएको थियो । नेलम्बो नेपालको पटक पटकको सहयोग प्रति धन्यवाद व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा नेलम्बो नेपालका कार्यक्रम संयोजक डा.किसन कोइराला, जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी लगाएत उपस्थिति हुनु भएको थियो ।
