हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको घाचोकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–३ घाचोक पार्टी वडा कमिटीको आज बसेको बैठकले वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा तीन जनाको नाम पालिका कमिटीमा सिफारिस गरेको हो ।
अध्यक्षमा शिव प्रसाद पोखरेल, गोपाल पोखरेल र नारायण दवाडीको नाम पठाइएको छ । पालिका कमिटीले अध्यक्षमा प्रश्तावित तीन जनामध्ये एक जनालाई वडाध्यक्षको टिकट दिने माओवादीले जनाएको छ । यसैगरी वडा सदस्यमा चित्रनाथ लम्साल र हिमप्रसाद अधिकारी तथा दलित वडा सदस्यमा मनकुमारी नेपाली र महिला सदस्यमा सीता पोखरेलको नाम पालिकामा पठाइएको वडा कमिटीका सचिव विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
