माछापुच्छ्रे गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा नवराज र उपाध्यक्षमा प्रविणा सर्वसम्मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुुच्छ्रे गाउँपालिकामा पार्टीका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको छ ।

गाउँपालिका कमिटीको आज बसेको बैठकले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा प्रविणा अधिकारीलाई अघि सारेको हो ।

बैठकले सर्वम्मत रुपमा एकमतले भण्डारी र अधिकारीको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको गाउँपालिका कमिटीका अध्यक्ष बैकुण्ठ भडारीले जानकारी दिनुभयो । उहाँका अनुसार नौ वडा रहेको पालिकाको अधिकाँस वडाको उम्मेदवार सिफारिस भइसकेको र बाँकी वडाको बुधबार साँझसम्म सकिने छ ।

अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत सिफारिस दुबै उम्मेदवार विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । दुबै जना हाल माओवादी केन्द्रको प्रदेश कमिटीको सदस्य हुनुहुन्छ ।

भण्डारी जनयुद्धकालदेखीनै अखिल क्रान्तिकारीमा आवद्ध हुँदै भुमिगत हुनुभएको थियो । युद्धकालमा भण्डारीले विद्यार्थी, सैन्य लगायतका फाँटमा काम गर्नुभएको थियो । अध्यक्षमा प्रश्तावित भण्डारी वडा नं ७ धम्पुस र उपाध्यक्षका उम्मेदवार अधिकारी वडा नं ४ लाहाचोक निवासी हुनुहुन्छ ।

 

Comments
Loading...