स्थानीय तह निर्वाचन:एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जनाको आवेदन

हिमाली आवाज । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा दलहरु यति बेला उम्मेदवार चयनमा व्यस्त छन् । प्रमुख राजनीतिक दलहरुले उम्मेदवार चयनलाई प्राथमिकता दिएका छन् ।

यसैबीच पोखरा महानगरपालिकामा मेयरका पदका लागि आज १२ जनाले आवेदन दर्ता गरउका छन् । त्यसैगरी उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएको एमालेले जनाएको छ । एमालले आज मेयर उपमेयर चयन गरी सिफारिस गर्दैछ ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट दर्शन लामा, पुष्पज्योति ढुङ्गगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको आवेदन परेको छ ।

त्यसैगरी उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीको आवेदन परेको बताइन्छ ।

एमालेले आकांक्षीका बीचमा सहमति नजुटे निर्वाचनका माध्यमबाट एक महिला सहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नेछ ।

Comments
Loading...