पोखराका यातायात व्यवसायी साई , तिवारी र पौडेल महासंघमा निर्वाचित

हिमाली आवाज । पोखराका अग्रज यातायात व्यवसायी एनकुमार साई, प्रकाश तिवारी र केदार पौडेल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका विभिन्न पदहरुमा निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा सम्पन्न महासंघको छैठौँ महाधिवेशनबाट पोखराका अग्रज यातायात व्यवसायी ऐनकुमार साइ वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी महासंघको ट्याक्सीतर्फको वर्गीय संयोजकमा प्रकाश तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ । तिवारी पोखरेली ट्याक्सी सेवा प्रालिको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी महासंघको गण्डकी प्रदेश संयोजकमा अग्रज व्यवसायी केदार पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ स्थानीय ऋगां यातायात कम्पनीको अध्यक्ष हुनुहुन्छ । महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।

Comments
Loading...