चुनावी अभियानमा बैदाम काँग्रेस,सम्पर्क कार्यालय स्थापना

हिमाली आवाज । पोखरा महानगर पालिका वडा न ६ बैदाममा नेपाली काँग्रेस वडा इकाई को प्रचारप्रसार सम्र्पक कार्यलयको स्थापना गरिएको छ । यहि बैशाख ३० गते आउँदै गरेको स्थानिय चुनाबलाई मध्यनजर गर्दै बैदाम डिहिको पाटनमा सम्र्पक कार्यलय स्थापना गरिएको हो । कार्यलय स्थापना सगै नव बर्ष २०७९को पावन अबसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेले आज एक विशेष समारोहबीच कार्यलयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले नेपाली काग्रेसले लेख्ने घोषण पत्र दलित, महिला, उतपिडित जनजाति, युवा र पर्यटन ब्यवसायिहरु सित छलफल गरेर ल्याउनु बताउनुभयो । बैदाम क्षेत्र नेपालकै पर्यटकीय क्षेत्र भएकोले पर्यटन मैत्री घोषणपत्र बनाइने उहाँको भनाई छ ।

नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण के.सीले नेपालका कम्युनिष्टहरुले देशको विकास निर्माण समेत राजनीति गर्ने गरेको बताउँदै समुन्त नेपाल निर्माणका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको प्यानललाई विजयी गराउन आग्रह गर्नुभयो ।

पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले आफ्नो कार्यकालमा वडाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

इकाई सभापति सन्तोष पौडेलले नेपाली कांग्रेसको पहिलो काम कम्यूनिष्टलाई परास्त गराएर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने औँल्याउनुभयो ।

सभापति पौडेलको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजि कुवँर र सचिब प्रकाश न्यौपाने लगाएतले स्थानिय चुनाबमा नेपाली कागे्रसका उम्मेदबारहरुलाई जिताउन हामी सबै एक जुट भएर अगाडि बढेमा विजय सुनिश्चित रहेको बताउनुभयो ।

Comments
Loading...