हिमाली आवाज । नेपाल हेभि इक्युपमेन्ट अपरेट संघ पोखराले आफ्नै कार्यालय भवन स्थापना गरेको छ ।संघले पोखरा महानगरपालिका वडा नं १४ चाउथेमा कार्यालय खोलेको हो ।

सो कार्यालयको आज नेपाल हेभि इक्युपमेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले रिन काटेर उद्घाटन गर्नुभयो । सो कार्यक्रममा कोइराालले व्यवसायी संघ र अपरेटर संघ मिलेर वैज्ञानिक तलवभत्ता व्यवस्थापनका बारेमा छलफल गरिने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना आदान प्रदान गरियो ।
नेपाल हेभि इक्युपमेन्ट अपरेट संघ कास्कीका अध्यक्ष प्रेम थापागरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ट्रेडर्सका प्रोपाइटर किशोर सुवेदी, त्यसै संस्थाका निर्वतमान अध्यक्ष सुशील कुमार गौतम लगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन हेभि इक्युपमेन्ट अपरेट संघ पोखराका सचिव किशोर गौतमले गर्नुभयो ।