पुम्दीकोटमा छ करोड संकलनको लक्ष्य सहित महायज्ञ,तयारी पूरा

हिमाली आवाज । पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञको अन्तिम तयारी पुरा भएको छ । पुम्दीकोटकोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने महायज्ञको अन्तिम तयारी भएको शुक्रबार पुम्दीकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भएकोले ऋण भुक्तानीका लागि लागि पनि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताउनुभयो ।

४० करोडको उक्त परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशालमहादेवको बिशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्धारी सिढि निर्माण सम्पन्न भएको छ । यसैगरी एक सय ८ धारा जडित तेश्रो आँखा, २ सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालयलगायतकाभौतिक संचरनानिर्माण भएको अध्यक्ष बरालले बताउनुभयो ।

नौ दिनसम्म चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने भएको अध्यक्ष बरालले बताउनुभयो ।

 

Comments
Loading...