गण्डकीका सांसद कोइराला माओवादीबाट मेयरमा सिफारिस

हिमाली आवाज । पूर्वमन्त्री एवं गण्डकी प्रदेशका सांसद आशा कोइरालालाई नेकपा माओवादी केन्द्रले मेयरको उम्मेदवार बनाउने भएको छ ।तनहुँको शुक्लागण्डकीको मेयरमा पूर्वमन्त्री कोइरालाको नाम आज सिफारिस गरिएको हो ।

शनिबार बसेको नगर कमिटी बैठकले कोइरालालाई मेयर बनाउने निर्णय गरेको हो। कोइरालाले पार्टी पंक्तिको आग्रहअनुसार आफू मेयरमा उठ्न तयार रहेको बताउनुभयो ।

Comments
Loading...