हिमाली आवाज । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसबाट पोखरा महानगरपालिकाको प्रमुखका लागि १८ जनाले आवेदन दर्ता गराएका छन् ।
काँग्रेसले उम्मेदवार सिफारिसका लागि मेयर र उपमेयरका आकांक्षीहरुलाई आज आवेदन दर्ता गराउने समय तय गरेकामा गण्डकी प्रदेश सरकारका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा सहित १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा नाम दर्ता गराएका हुन् ।
मेयरका लागि मन्त्री थापा सहित सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल,निर्मल प्रसाद कर्मचार्य,कृष्ण बहनदुर केसी, बाबुराम आचार्य, सरास्वती गुरुङ्, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोर दत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई,कोपिला रानाभाट,किरण के.सी, विश्व घिमिरे र ऋषि सापकोटाले आवेदन दर्ता गराउनुभएको छ ।
यसैगरी उपप्रमुखमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री,रंगिला आचार्य ,आनन्दी राणा कार्की,टीका कुमारी गुरुङ, दीपक मल्ल, मीलन थापा, चिनु गुरुङ्, शिव केसी र गोविन्द नेपालीले आवेदन दिनुभएको नेपाली काँग्रेस पोखरा महानगर कमिटीका सभापति सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभयो ।


