काँग्रेसमा माछापुच्छ्रे गाउँपालिकाको उम्मेदवारका लागि अध्यक्षमा ९ र उपाध्यक्षमा ६ जनाको आवेदन

हिमाली आवाज । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट नौ जनाले आकांक्षा राखेको छन् । त्यसैगरी उपाध्यक्षमा ६ जनाले उम्मेदवार बन्न आकांक्षा राखेका हुन् ।नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका एकाइले आज आकांक्षीहरुको आवेदन संकलन गरेकामा सो संख्यामा आवेदन परेको हो ।

गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेसमा वीरेन्द्र गुरुङ, खुशीमान गुरुङ,मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ , दीपकराज पौडेल, केशवराज अधिकारी(राजु), कृष्णकुमारी गुरुङ र विष्णुबहादुर क्षेत्रीले आकांक्षा राख्नुभएको नेपाली काँग्रेसका निर्वतमान क्षेत्रीय सहसचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्षका लागि सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुना कुमारी जिसी र गीता क्षेत्रीको आवेदन परेको पौडेलले बताउनुभयो ।

नेपाली काँग्रेसले आज कास्कीका सबै पालिकाहरुमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्न आकाँक्षीहरुबाट आवेदन मागेको हो ।

Comments
Loading...