भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि आज पोखरामा संगम बी र सानो गौचर भिड्ने

हिमाली आवाज । पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाईन ए साईड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा यही वैशाख २ गतेदेखी पोखरा रङ्गशालामा जारी प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न सेमिफाइनल खेलमा पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पहिलो सेमिफाइनल खेलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोलले गर्न सफल भयो । संगमका लागि ‘प्लेयर अफ दि म्याच’ नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गर्नुभयो । बगर भाइखलकका लागि मनोज गुरुङले एक गोल फर्काउनुभयो ।

यसैगरी दोस्रो सेमिफाईनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–०ले पन्छाउँदै फाईनल सुरक्षित बनायो । तेजबहादुर गलामीले २२ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतामा शुक्रले ३८ र ४९ औं मिनेटमा थप दुई गोल गर्दै संगमसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाउनुभयो । उहाँ ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल मंगलबार हुने खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले नगद रु तीन लाख राशी सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले नगद रु २० हजार प्राप्त गर्ने छन् । उत्कृष्ठ स्ट्राईकर, सर्वाधिक गोलकर्ता , मिडफिल्डर, डिफेण्डर र गोलकिपरले जनही रु १५ हजार गर्ने मन्त्रालयले जनाएको छ ।

Comments
Loading...