हिमाली आवाज । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगर सहित देशका ६ वटै महानगरको सिट बाँडफाँड टुँगो लगाएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले काँग्रेस एकीकृत समाजवादी दुबैको दावी रहेको पोखराको मेयर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई दिने निर्णय गरेको हो ।
सहमति अनुसार देशका ६ वटा महानगर मध्येमा नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर लिनेछ । त्यसैगरी माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले विरगञ्जको मेयर लिने गठबन्धनमा सहमति भएको बताइन्छ ।


