हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका–११ को वडाध्यक्षमा इलेक्ट्रोनिक्स व्यवसायी चिन्तामणि खरेललाई अघि सारेको छ ।
वडा अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा बसेको पूर्ण बैठकले अध्यक्ष लगायत वडासदस्यहरु सर्वसम्मत चयन गरेको हो । वडाध्यक्षमा सिफारिस हुनुभएका खरेल वडा पार्टी कमिटीको सचिव हुनुहुन्छ । उहाँ व्यवसायसँग पार्टीको राजनीतिमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।
माओवादीले वडासदस्यहरुमा खुलातर्फ विष्णु आचार्य र सुनिल लामिछाने, महिला सदस्यमा सरिता विश्वकर्मा र दलित महिला सदस्यमा उषा विश्वकर्मालाई सिफारिस गरेको छ ।
वडाध्यक्षमा सिफारिस गरेकामा खरेलले उहाँले पार्टीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“ सर्वसम्मत वडाध्यक्षको निर्णय गरेकामा पार्टी पंक्तिप्रति आभारी छु । वडाका जनताको हितमा सदैव लाग्ने प्रतिवद्धता छ ।”

