हिमाली आवाज । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आएका छन् ।
पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई छन् भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दङगाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत तोकिनुभएको छ ।
निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिनुभयो ।