हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुँगो लगाएको छ ।
हिजो साँझ पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपप्रमुखमा हालका उपमेयर मञ्जुदेवी गुरुङलाईनै दोहो¥याउने निर्णय गरेको थियो ।

मेयरको उम्मेदवार प्रश्तावित पौडेल लामो समय शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । पोखरा–१९ पुरुनचौर स्थायी निवासी पौडेल हाल पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
पौडेलले जिल्ला र प्रदेशबाट मेयरमा सिफारिस भएका अन्य चर्चित अनुहारलाई पछि पार्दै मेयरको टिकट पक्का गर्नुभयो । उपमयेरमा सिफारिस गुरुङ यसअघि जिल्ला र प्रदेशबाट समेत सिफारिसमा पर्नुभएको थिएन ।
