माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट विक्रम गुरुङ उम्मेदवार

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले स्थानीय तह निर्वाचनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा विक्रम गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पालिकाबाट सिफारिस भएका नामहरु मध्येबाट पार्टीको प्रदेश कमिटीको बैठकले उम्मेदवार चयन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस अध्यक्ष तथा एमाले माछापुच्छ्रे कमिटी सदस्य बिष्णु पोखरेलले जानकारी दिनुभयो ।

पालिकाबाट अध्यक्षमा विक्रम सहित लालबहादुर परियार र भगवती गुरुङ सिफारिस हुनुभएको थियो । यसैगरी उपाध्यक्षको निर्णय हुन बाँकी रहेको बताइन्छ । उपाध्यक्षका लागि सीता तिवारी, जितुमाया तामाङ र पार्वती जिसीको नाम माथिल्लो कमिटीमा पठाइएको थियो ।

Comments
Loading...