काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने भनाई केसीको छ ।

सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष केसीले भन्नुभएको छ,‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैनन् र त्यसबारे कैयौँ असमझदारी उत्पन्न हुने गरेका छन् । यदि, त्यो कारणले पाँच दलीय तालमेलमा केही कमजोरी देखा प¥यो भने त्यसबाट प्रतिगमनलाई नै मदत पुग्नेछ र त्यसका कैयौँ दूरगामी राजनीतिक दुष्परिणाम हुने छन् । जसका लागि त्यसले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’