हिमाली आवाज । आसन्न स्थानीय तह निर्वाचनमा कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।
मादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट देविजंग गुरुङ र माओवादी केन्द्रबाट लालबहादुर गुरुङले हिजो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा पाँच दलीय गठबन्धनबाट तालमेलको प्रयास भएपनि सफल हुन सकेको थिएन । मादीमा अध्यक्ष र उपाध्यक्षमा दुई दलले सिट बाँडफाँट गरेका हुन् । जिल्लाका अन्य पालिकामा पनि अझै तालमेल हुने भन्दै माओवादीले उपाध्यक्ष मात्र उठाएको छ ।
माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकाको उपाध्यक्षमा प्रविणा अधिकारी, रुपामा नवराज बराल र अन्नपूर्णमा धर्म तमुलाई उम्मेदवार बनाएको छ ।

