कास्कीमा ३७० पदमा १४९१ जना चुनावी मैदानमा

हिमाली आवाज ।  स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कास्कीमा एक हजार ४९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरा महानगरपालिका र रुपा, अन्नपूर्ण, माछापुच्छ«े र मादी गाउँपालिका गरी पाँच वटा स्थानीय तहका प्रमुख÷उपप्रमुख,वडाध्यक्ष र वडासदस्य गरी ३७० पदका लागि सो सङ्ख्यामा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख ३० गतेको निर्वाचनमा जिल्लाका पालिका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र ७२ वडामा वडाध्यक्ष र वडासदस्यहरुका लागि उम्मेदवारी परेको हो ।

पोखरा महानगरपालिकामा ८०६, रुपा गाउँपालिकामा ११७, मादीमा १७५, माछापुच्छ्रे १८७ र अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको मनोनयन दर्ता भएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरु र स्वतन्त्र उम्मेदवारले  मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि दुई दिन उम्मेदवारी मनोनयनको समय तोकिएपनि आजसम्म पनि मनोनयन दर्ता प्रणालीमा राख्ने लगायतका भइरहेको थियो । जिल्लामा ठूला राजनीतिक दलले सबै पालिका र वडामा उम्मेदवारी दिएका छन् ।

पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका राजनीतिक दल र स्वतन्त्रबाट गरी २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी परेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका लागि राजनीतिक दल र स्वतन्त्रबाट गरी ११ जना र उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

माछापुच्छ«ेको अध्यक्षमा पाँच र उपाध्यक्षमा छ, मादीमा अध्यक्षमा चार र उपाध्यक्षमा तीन तथा रुपामा अध्यक्षमा तीन र उपाध्यक्षमा पाँच जनाको मनोनयन दर्ता गरिएको छ ।

Comments
Loading...