हिमाली आवाज । पोखरा महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिनुभएका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

वैशाख ३० गतेको निर्वाचनका लागि गठबन्धनबाट प्रमुखमा धनराज आचार्यले साझा उम्मेदवारी दिनुभएकामा गठबन्धनप्रति असन्तुष्ट रहँदै सापकोटा र तिवारीले बागी उम्मेदवारी दिनुभएकामा आज दुबैले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।
काँग्रेसबाटनै विमल कार्कीको पनि पोखराको मेयरमा उम्मेदवारी परेकामा उहाँले तोकिएको समयभित्रमा उम्मेदवारी फिर्ता लिनुभएन । काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएपनि कार्कीको उम्मेदवारी फिर्ता भएको छैन ।