हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मिनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छविका मिनबहादुरलाई पालिकावासीले समाजसेवीको रुपमा पनि चित्रित गर्छन् ।
असल सामाजिक व्यक्तित्व, विभेद रहित व्यवहार र शालिन प्रस्तुती भएकै कारण उहाँलाई गाउँपालिका अध्यक्षका लागि टिकट दिइएको पार्टी वृत्तमा चर्चा हुने गरेको छ ।
कास्की क्षेत्र नं ३ तरुण दलको सभापति भएर युवाको सफल नेतृत्व गर्नुभएका मिनबहादुरलाई गाउँपालिकामा भूगोल अनुरुपको विकास र समृद्धि ल्याउने हुटहुटी छ । उहाँले भन्नुभयो,‘महत्वकांक्षी योजनाहरुमा समय खेर फाल्ने मनसाय मेरो छैन । पालिकावासीले प्रत्यक्ष अनुभुत गर्ने र कार्यकालमा सक्ने योजनाहरु छन् ।’विशेषतःशिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा गाउँपालिकालाई अब्बल बनाउने उहाँले बताउनुभयो ।
शिक्षा नै सर्वोपरी भएको जनाउँदै उहाँले भन्नुभयो,‘हामीले हालसम्म सञ्चालनमा रहेका सरकारी विद्यालयलाई थप स्तरोन्नती गर्ने योजना बनाएका छौँ । अहिले १० कक्षासम्म सञ्चालन भइरहेका हरेक विद्यालयलाई थप व्यवस्थित गर्दै प्लस टू तहसम्म सञ्चालनमा ल्याउनेछौँ ।’ माध्यमिक तह सम्मका हरेक विद्यालयमा स्टाफ नर्सको व्यवस्था गर्दै विद्यार्थीको स्वास्थ्य प्रोफाइलको काम अघि बढाउने उहाँको भनाई छ ।
गाउँपालिकामा ६० वर्ष माथिका वृद्धवृद्धाको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निशुल्क गर्ने उहाँको योजना छ । ४० वर्ष माथिकालाई प्रत्येक ६ महिनामा निशुल्क मधुमेह परिक्षणसँगै प्रत्येक वडामा ‘गाउँपालिका अध्यक्ष̸उपाध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सञ्चालन गरिने गुरुङले बताउनुभयो ।
‘स्वास्थ्य नै धनहो भनिन्छ नि ।हो, हामी यो कुरामापनि संवेदनशिल छौँ । पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा बेसिक इमर्जेन्सी अब्सट्रेटिक केयर सुरु गराइ हाल्छौँ । महिलाहरुको हकमा पाठेघरको क्यान्सरको खोजड्ताल गरि उपचारको व्यवस्था गर्छौँ’, उहाँले भन्नुभयो ।
माछापुच्छ«े गाउँपालिका कृषिका लागि उर्वर भूमी हो । पालिकावासीलाई कृषिमा आकर्षण गर्नेगरी पकेट क्षेत्र बनाएर विशेष प्याकेज ल्याउने उम्मेदवार मिनबहादुरको योजना छ ।कृषिलाई थप आधुनीकिकरण गर्दै एग्रो टुरिज्मको अवधारणा अघि बढाइने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस माछापुच्छ«े गाउँपालिकाका वर्तमान उपसभापति समेत रहनुभएका मिनबहादुर पालिकाको आर्थिक समृद्धिका लागि पर्यटनलाई थपउचाइमा पुर्याउन विविध योजना तयार रहेको जनाउनुभयो । ‘पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यहाँ केही हुन सकिरहेको छैन । ठोस कार्ययोजना बन्न सकेन । हामी ठोस व्यवहारीक योजना सहित अघि बढ्छौँ’, उहाँले भन्नुभयो ।
माछापुच्छ«े नमुना पैदल मार्ग र मार्दी हिमाल पदयात्रालाई जोडेर पर्यटकको बसाई लम्ब्याउँदै स्थानीय जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने गरि विकास गर्ने उहाँको योजना छ । ‘अझै पनि माछापुच्छ«ेनमुना पैदल मार्गको प्रचारप्रसार अभाव छ । हामीले माछापुच्छ«े र मार्दीपदयात्रालाई जोड्यौँ भने पर्यटकको बसाई लम्बिनेमा दुई मत छैन । त्यति मात्र होइन, क्यानोइङ, रक क्लाइम्बिङ, प्याराग्लाडिङ लगायतका साहसिक पर्यटकिय गतिविधिलाई पनि थप चलायमान बनाइने छ ।’गुरुङले भन्नुभयो ।

