उम्मेदवार तिमिल्सिनाबाट विजयी भएपछि सरकारी सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा

हिमाली आवाज । वैशाख ३० गतेको आसन्न स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट पोखरा महानगरपालिका–१८ का वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले निर्वाचित भएपछि आफ्नो सम्पूर्ण सरकारी सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

आक्रामक चुनावी अभियान सुरु गर्नुभएका उहाँले चुनाव प्रचारका क्रममा मत माग्ने क्रममा विजयी भएपछि प्राप्त हुने सबै तलव भत्ता लगायतका सबै सुविधा समाजको हितमा खर्च गर्ने बताउनुभएको हो ।

आफु सधै जनताको सेवामानै खटिदै आएको बताउँदै उहाँले समग्र सराङकोटको विकासका लागि एकपटक माओवादी केन्द्र र आफूलाीई मत दिन स्थानीयवासीसँग आग्रह गर्नुभयो ।

वडाध्यक्ष प्रत्याशी तिमिल्सिना सराङकोटको विकासमा पहिलादेखीनै लाग्दै आउनुभएको थियो । वडाका विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जडान गर्ने लगायतका कामको नेतृत्व उहाँले गर्नुभएको स्थानीयको भनाई छ ।

माओवादीबाट सो वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिनुभएको छ ।

Comments
Loading...