हिमाली आवाज । नेकपा(एमाले)का तर्फबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार विक्रम गुरुङले माछापुच्छ्रे गाउँपालिकाको समृद्धि र बाँकी रहेको विकासका अधुरा काम पूरा गर्न पनि एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।
एमाले माछापुच्छ्रे गाउँपालिका निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा उहाँले पार्टीप्रति जनताको अपार समर्थन प्राप्त भइरहेकाले विजयी बनेर समृद्ध माछापुच्छेरे र सुखी माछापुच्छ्ेबासीको सपना आफुहरुको नेतृत्वमा पूरा गरिने स्पष्ट पार्नुभयो ।

गुरुङले भन्नुभयो,“जुन हिसावले हामीलाई जनसर्मथन प्राप्त भएको छ , यसबाट पुनः अर्को कार्यकालपनि हामीले माछापुच्छ्रेको नेतृत्व गछौँ भन्नेमा ढुक्क छौँ । ”
कार्यक्रममा गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता तिवारी अधिकारी सहित नौ वटै वडाका वडा अध्यक्ष सहित सम्पुर्ण सदस्यहरुको परिचय कार्यक्रम गरिएको थियो । कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य तथा माछापुच्छ्रे इन्चार्ज महेश्वर दवाडी , जिल्ला कमिटी सचिवालय सदस्य तथा कास्की क्षेत्र न ३ का ईन्चार्ज कर्ण बहादुर गुरुङ लगायतले पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा खटिन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।