हिमाली आवाज । नेपाली काँग्रेसबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालको वडाध्यक्षमा बागी उम्मेदवारी दिनुभएका गोपिकृष्ण अधिकारीले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुहुने भएको छ ।
काँग्रेसको वडा कार्यसमितिका उपसभापति समेत रहनुभएका अधिकारीले आज एक प्रेश विज्ञप्ति जारी गरी शनिबार साँझ पार्टीमा सहमति भएकाले आफूले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा मैले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव चिन्ह पनि प्राप्त गरिसकेको अवस्थामा नेपाली काँग्रेसलाई असर पर्ने देखिएकाले मैले फिर्ता लिएको छु । आजदेखीनै म पार्टीलाई जिताउन घरदैलोमा सहभागी भएको छ । ”
काँग्रेसले धितालमा पार्टीका महासमिति सदस्य उदयकुमार नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी वडासदस्यहरुमा चिजा तामाङ, सपना सुनार, अनिल गुरुङ र भिमराज पौडेल(विशाल) हुनुहुन्छ ।