पोखराको बैदाममा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार कार्यालय स्थापना

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको स्थापना गरिएको छ ।

गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनावी अभियान अन्तर्गत आज बाट घरदैलो सुरु गरेसगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको परिचयन कार्यक्रम सम्पन्न गरिएको छ ।

पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडाध्यक्ष जगतबहादुर पहारी वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । यसैगरी खुला सदस्यमा नेकपा(माओवादी केन्द्र)बाट कृष्ण प्रसाद आर्चाय , खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी एकिकृतका समाजबादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काँग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी उम्मेदवार हुनुहुन्छ ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट एकिकृत समाजबादीका केन्द्रिय सल्लाहकार हरि पौडेलले केपी वलीले हिटलर शैलीमा नेपालको संविधान र प्रजातन्त्र माथि आक्रमण गरेको कारण प्रजातन्त्र र संविधानको सुरक्षाको लागि पाच दल मिलेर गठबन्धन गर्नु परेको बताउनुभयो ।

नेपाली कागे्रस प्रदेश प्रतिनिधि तथा पूर्व इकाइ सभापति दिपक विर कुवँरले पाँच दलिय गठबन्धनले मात्र प्रजातन्त्र र संविधानको रक्षा गर्ने हुनाले गठबन्धनका उम्मेदबारहरुलाइ जिताउनु पर्नेमा जोड दिनुभयो ।

प्रदेश महाधिबेशन प्रतिनिधि तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराईले पोखरा पर्यटकीय क्षेत्र भएकाले पोखराको पर्यटन विकास लागि गठबन्धन उम्मेदबारहरुले जित्नु पर्ने बताउनुभयो ।

नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी अग्नी कडेलले केपी वलीको सरकारले दुई तिहाइ को जनमत लाई भँगं गरेर भष्ट्रचारमा लिप्त भएर संविधानको हरण गरेको कारण संविधानको रक्षाको लागि पाँच दलिए गठबन्धन गर्नु परेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादीका प्रदेश सदस्य इश्वरी न्यौपानेले समग्र नेपाल सहित पोखराको विकासका लागि पाँच दलिए गठबन्धनका उम्मेदबारीहरुलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी पोखरा ६ बैदामका वडा इन्चार्ज केदार न्यौपाने, नेपाली काग्रेस वडाका निर्वतमान सभापति बलराम गिरी, निर्वतमान वडा अध्यक्ष एवं अध्यक्षका प्रत्यासि जगत बहादुर पहारी, काग्रेस ६ का इकाई सभापति सन्तोष पौडेल, नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादीका बिजय प्रधान, नेपाली काग्रेसका सल्लाहकार नेत्रपाणी न्यौपाने, नेपाली काग्रेसका क्षेत्रिय प्रतिनिधि लक्ष्मण पहारी, कास्कीका पूर्व विद्यार्थी नेता तथा नेपाल जन सम्र्पक समिति आयरलाण्डका सस्थापक अध्यक्ष शुक्रराज न्यौपाने र नेकपा माओबादीका नगर सदस्य नबराज अधिकारी लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

Comments
Loading...