पोखरा,१९ वैशाख । नेकपा(माओवादी केन्द्र)का उम्मेदवारहरुले पोखरा महानगरपालिका–११ फूलबारीमा घरदैलो गरेका छन् ।

सो वडामा माओवादीले वडाध्यक्षमा चिन्तामणि खरेल र वडा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, सुनिल लामिछाने, सरिता विक, उषा विश्वकर्मालाई उम्मेदवार बनाएको छ । आइतबारदेखी औपचारिक रुपमा निर्वाचनमा होमिएको माओवादी उम्मेदवारले आफूहरुलाई मत दिएर निर्वाचित गर्न आग्रह गरेका छन् ।
घरदैलोका क्रममा अध्यक्षका उम्मेदवार खरेलले वडामा खानेपानी, भित्री सडक कालोपत्रे लगायतका विकासका कामका लागि माओवादीलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो । उम्मेदवारहरुले पुरानोधारा, हस्पिटल मार्ग, तालिम केन्द्र लगायतका स्थानमा स्थानीयवासीलाई भेटेर मत मागेका थिए ।
