हिमाली आवाज । पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराजआचार्यले महानगरको व्यवस्थापन उल्टो बाटोमा हिडेको बताउनुभएको छ ।
गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका उनले उल्टो बाटोमा हिडेको महानगरको व्यवस्थापनलाई सुल्टो बाटोमा ल्याउन १ महिनाभित्र सुशासनको प्रत्याभुति दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगरमा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्दा ड्युटी फुल गर्ने काम भएको तर सुशासन नदेखिएको बताउनुभयो । ’ हामिलाई थाहा छ हाजिर गर्ने र काम नगर्ने कर्मचारीहरु महानगरमा छन् । ड्युटीफुल त भयो अब हामी व्युटिफुल ड्युटी बनाउने छु’ उहाँले भन्नुभयो,,’हामी त्यहाँ भएका कर्मचारीलाई निकाल्छौ भनेका छैनौ तर, राइट पर्सन राइट प्लेस गर्नेछौ ।’ उनले पोखरा पर्यटकीय सहर भएकाले सुरक्षाको प्रत्याभुत हुने गरि २४ सै घण्टा पर्यटकीय क्षेत्र खुल्ला गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले मुख्य सहर, सहर उन्मुख र पहाडलाई तीन चरणमा बाडेर विकासको अवधारणा अघि बढाउने बताए ।
उहाँले शिर्ष नेताले दिएको चुनौतीलाई मैले अवसरको रुपमा लिएको र म नभनेर हामी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपमेयर कोपिला रानाभाटले पोखरा ३३ मा विकासका आधारभुत तत्वको समेत सुधार नभएको बताउनुभयो उपमेयरको अधिकार विषेश गरि न्यायिक समिती र पुर्वाधार संरचना अनुगमन रहेकाले वडा ३३ मा न्यायिक समिति गठन गरिने प्रतिवद्धता जनाउनुभयो । राष्ट्रियताको सवालमा भिन्न विचार भएपनि एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्र २ का अध्यक्ष केशव प्रसाद पौडेल ( निर्दोषि ) ले केपी ओलिले पार्टी कम्पनीझै चलाएको आरोप लगाउनुभयो । वडा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले पाँचवर्षमा देखेको सपना सबै थाती रहेको बताउनुभयो ।