घट्टेखोला –खानी गाउँ सडक कालोपत्रेका लागि पहल गछौँ : भण्डारी

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिका –७ धम्पुसमा चुनावी अभियानलाई तीव्र बनाएको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बैकुण्ठ भण्डारी र सदस्य पदका उम्मेदवारहरुले  वडाका  लेककुना, लालटिन बजार, हिशशिखर टोलमा मंगलबार घरदैलो गर्नुभयो । अध्यक्षका उम्मेदवार भण्डारीले सांकृतिक कार्यक्रम सहित घरदैलो गर्दै पर्यटकीय गन्तव्य धम्पुसको थप प्रवद्र्धन र विकास आफ्नो योजना रहेको बताउनुभयो ।

भण्डारीले धम्पुस प्रवेशको मुख्य सडक घट्टेखोला–देउराली सडक कालोपत्रेका लागि पहल गर्ने र वडाका कच्ची सडकहरुलाई वर्खामा पनि यातायात सञ्चालन हुने व्यवस्था मिलाइने प्रतिवद्धता जनाउनुभयो ।

Comments
Loading...