लाहाचोक समिबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्छौँ:विक्रम गुरुङ

हिमाली आवाज । माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

साथै उहाँले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनुभयो ।

आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताउनुभयो ।

विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिनुभयो ।

Comments
Loading...