हिमाली आवाज । आउँदो स्थानीय चुनावमा नेकपा एमालेको तर्फबाट मेयर पदका उमेद्वार कृष्ण थापाले पोखरालाई महानगर बनाउन महत्वपूर्ण भूमिका खेलेको लेखनाथको विकासमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । उहाँले आफू निर्वाचित भए लगत्तै लेखनाथको विकास गर्ने थुप्रै परियोजना सञ्चालन गर्न दातासंग वार्ता गरिरहेको बताउनुभयो ।
उमेद्वार थापाले पोखराको समृद्धि र विकासका लागि केही काम कोभिड लगायतका विभिन्न अप्रिय परिस्थितिका कारण अधुरा रहेको भन्दै ती काम पुरा गर्न थकाई नमारिकन लागिपर्ने बताउनुभयो । पोखराका आम जनताले भोगिरहेका समस्या समधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले स्थानीय सरकार प्रमुख भएर जिम्मेवारी सम्हाल्दाका आफ्ना अनुभव सुनाउँदै पोखराको समृद्धि धेरै टाढा नभएको बताउनुभयो । यहाँका विकासमा देखिएका प्राय सबै समस्या पहिचान भइसकेकाले जनताले मौका दिएमा अझै उत्कृष्ट कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सभामा प्रतिनिधिसभा सांसद खगराज अधिकरी, पोखरा वडा नं ३० मा अध्यक्षका उमेद्वार सोमलाल बास्तोला लगायतले भनाई राख्नुभयो । नेकपा एमाले पोखरा ३० का अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो ।

