पाँच दल लाग्दा पनि एमालेसँग सातो उडेको छ:नेता प्यासी

हिमाली आवाज । नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले एमालेलाई जनताले दिएको साथ देखेर ५ दल आत्तिएर सातो उडेको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचन केन्द्रित पोखरा २५ हेम्जाको मिलनचोकमा भएको एमालेको कोणसभामा प्यासीले जनताको पार्टी एमाले भएको बताउँदै पार्टी फुटाउने, जनतालाई धोका दिने बेइमानीले जनताको साथ नपाउने ठोकुवा गर्नुभयो ।

विचारको राजनीति, इमानको राजनीति गर्ने नेकपा एमालेले हार्न पर्ने कुनै कारण नभएको बताउँदै प्यासीले यो चुनावमा गठबन्धनको अगाडि एमाले पहिलो पार्टी हुने स्पष्ट पार्नुभयो ।

पोखरा महानगरपालिकाका नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले वडाको टिमले जारी गरेको घोषणापत्रमा उल्लेखित कामको लागि पूर्ण सहयोग र समर्थन गर्ने प्रतिवद्वता जनाउनुभयो ।

पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जनताको सेवा गरेर स्थापित हुने अवसर प्रदान गर्न नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै चुनावपछि युवा तथा महिला लक्षित कार्यक्रम, स्वरोजगार कार्यक्रमलाई प्रमुख प्राथामिकता दिइने प्रतिवद्धता जनाउनुभयो ।

वडा नम्वर २५ का वडाध्यक्ष प्रत्यासी तीर्थबहादुर थापाले आफू सधैं वडाको विकासमा लाग्ने प्रतिवद्वता जाहेर गरे । उनले घोषणापत्रमा उल्लेख गरिएका घोषणा पूरा गर्ने स्पष्ट पार्नुभयो । सभामा प्रदेश कमिटी सदस्य प्रजापति पराजुली, पार्वती जिसी लगायतको टिमले सांस्कृतिक कार्यक्रममार्फत् सबैलाई छमछमी नचाएका थिए ।

कोणसभा अघि वडा नं २५ को याम्दीबाट मिलनचोकसम्म मोटरसाइकल ¥याली गरिएको थियो भने, सभापछि मेयरका उमेद्वारसहित घट्टेखोलासम्म मोटरसाइकल ¥याली गरिएको थियो ।

Comments
Loading...