हिमाली आवाज । पोखरा महानगरपालिकाको ग्रामिण इलाकालाई जोड्ने अधिंकास सडकहरुको अवस्था दयनिय रहेको छ । गाउँ गाउँमा वडा सरकार भएपनि वितेको पाँच वर्षमा खास प्रगति देखिएन् ।
महानगरवासी भएपनि यहाँका नागरिकहरु खानेपानीको अभाव जेल्न बाध्य छन् । महानगरमा व्यवस्थित सहरी विकास हुन सकेको छैन् । तर, पोखरा महानगरपालिकाको नेतृत्वका लागि चुनावी दौडमा रहेका गठबन्धनका उमेदवारहरुले भने यि सवै समस्याहरुको समाधान पाँच वर्ष भित्र सम्भव रहेको बताएका छन् ।
पोखरा महानगरपालिकाले हालसम्म कुशल नेतृत्वको पाउन नसकेको भन्दै उनिहरुले यसको समग्र विकासका लागि गठबन्धनका उमेदवारहरु सक्षम र योग्य रहेको बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमेल गरि ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने गठबन्धनका तर्फबाट पोखरा महानगरपाकिकाको मेयर पदका उमेदवार धनराज आचार्यले घोषणा गर्नुभयो । प्रत्येक वडाको सेवा प्रविधियुक्त बनाउने बताएका उनले सहजताका लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने पनि उहाँले जनाउनुभयो ।

स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले भन्नुभयो, ‘वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौं्, वडावासीलाई सहजहोस भनी वडालाई सुविधा सम्पन्न बनाउनेछौं ।’ उहाँले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोड स्तरोन्नति गरिने पनि प्रतिवद्धता जनाउनुभयो । निर्वाचनको वेलामा जनता झुक्याउने फन्डा गर्ने तर, त्यसको कार्यान्वयन नगर्ने गलत प्रवृति भएका पात्रहरु प्रति सचेत रहन आग्रह गर्नुभयो ।
उमेदवार आचार्यले फरक धार र विचार बोकेका पार्टीहरु बिच साना दुखले गठबन्धन नगरिएको बताउँदै आफुहरुको गठबन्धन साझा र पवित्र उद्देश्यका प्राप्तीमा सर्मपित रहेको आचार्यले बताउनुभयो । लामो राजनीतिक संघर्ष मार्फत प्राप्त उपलब्धिहरुको रक्षाका साथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पनि दलहरु बिचको समिकरण आवश्यक रहेको स्पष्ट पार्नुभयो । विधि, पद्धति र संविधानको खिलापमा जाने अराजक नेतृत्वको वेकुफीपनका कारण मुलुक दुर्घट्नामा जाने देखिएपछि प्रजातन्त्र र लोकतान्त्रिक गाण्तन्त्रका लागि लडेका शक्तिहरु एक हुनुपरेको उहाँले भनाई छ ।
यस्तै उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको बताउनुभयो । उहाँले महागरलाई भ्रष्टचारमुक्त र सुशासनय्क्त बनाउन गठबन्धनको जित आवश्यक रहेको उल्लेख गर्दै वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न उनले अपिल समेत गर्नुभयो ।
पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसंग रहेको बताउँदै उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताउनुभयो । पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने प्रतिवद्धता जनाउनुभयो ।