स्थानीय सरकारको महसुस हुने गरी काम गर्नेछौँ : भानुभक्त अधिकारी

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गर्नुभएको छ ।

शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका उहाँले पोखरा–१ लाई स्मार्ट वडा बनाउने बताउनुभएको हो । उहाँले समृद्ध वडा बनाउन माओवादी (केन्द्र) बिजयी हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

उम्मेदवार अधिकारीले वडाबासीले युवा नेतृत्व खोजिरहेकाले आफू बिजयी हुनेमा विश्वस्त रहेको बताउनुभयो । जनप्रतिनिधिहरुको रबैयाको कारण जनताले दुःख पाएको बताउँदै उहाँले जनतालाई स्थानीय सरकार महसुस हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा न.१ मा बाटो, खानेपानी, सिंचाई, आवास, शिक्षा, भौतिक पूर्वाधार वातावरण मैत्री पुर्वाधार, स्वास्थ्य क्षेत्र साथै उत्पादनमुखि क्षेत्रमा परिणाममुखी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पोखरा–१ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा भानुभक्त अधिकारी, महिला सदस्यमा मीना कोइराला, दलित महिला सदस्यमा कल्पना दमाई तथा खुल्ला सदस्यमा रुद्रप्रसाद लुईटेल र धनबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ ।

 

Comments
Loading...