हिमाली आवाज । पोखरा महानगरपालिका–१८ मा माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले २२ सय भन्दा धेरै मत ल्याएर आफुले विजयी हासिल गर्ने दावी गर्नुभएको छ ।
सराङकोटमा पार्टीका पक्षमा जनलहर बढ्दै गएकाले काँग्रेस र एमालेलाई ७ सय मतको अन्तर पछि पार्दै आफ्नो प्यानलले जित्ने दावी तिमिल्सिनाको छ ।
गाउँ गाउँमा सिँहदरबारको अनुभव हुने गरेर काम गर्ने उहाँले सुनाउनुभयो । पोखरा १८ मा रहेकोे जलारी समुदाय, भुमिहिन, सुकुमबासी अव्यवस्थीत बासोबासको समस्यामा आफु जानकार रहेको उहाँले सुनाउनुभयो ।
पर्यटन व्यसायीमा रहेको समस्याको समाधान गर्ने, खानेपानीको समस्या, कृषी सडक, वडामा रहेका ठाडा र तेर्साबाटो निर्माण गर्ने, फेवाताल संग जोडिएको समस्यालाई समाधान गर्ने उनको घोषापत्रमा रहेको जानकारी दिदै घोषणपत्रलाई पुर्ण रुपमा कार्यान्यनमा लैजाने तिमिल्सिनाले प्रतिवद्धता जनाउनुभयो ।

माओवादी केन्द्र पोखरा १८ का निर्वाचन कमिटिको संयोजक टिकाराम तिमिल्सिनाले माओवादीको जित निश्चित भएको भन्दै सामाजमा रहेका माओवादीमा आस्था राख्नेले खुलेर समर्थन गरेको जानकारी दिनुभयो ।
‘२०६४ सालका माओवादी पुन माओवादीमा खुल्न थालेका छन् ।प्रतिदिन माओवादी केन्द्रको माहोल बढ्दै गएको छ,‘उहाँले भन्नुभयो,‘ पोखरा १८ का जनताले पनि माओवादी चाहेको छन् ।
माओवादी केन्द्र पोखरा १८ पार्टी अध्यक्ष पुर्णखर तिमिल्सिना प्रचार प्रसार अभियान १० औ दिनमा पुगेको भन्दै माओवादी केन्द्रको जितको निश्चित भएको दावी गर्नुूभयो ।अभियान १० औ दिनमा पुग्दा माओवादी केन्द्रको आकर्षण बढ्दै गएको सुनाउनुभयो ।
पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा राजु शर्मा तिमिल्सिनाले उम्मेदवारी दिनुभएको छ । यसैगरी महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा साहारा नेपाली, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना उम्मेदवार हुनुहुन्छ ।