फेवाताल संरक्षण गर्नेछुः मेयरका उमेद्वार थापा

हिमाली आवाज । पोखरा २३ का वडावासी वैशाख ३० को प्रतिक्षामा छन् । नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले वडावासी असन्तुष्टि भएको र वैशाख ३० मा एमाले उमेद्वारलाई भोट दिएर जिताउन आतुर भएका हुन् ।

पोखरा महानगरपालिकाका एमालेका मेयर र उपमेयर सहितको घरदैलो र कोणसभामा २३ नंका वडावासीले सूर्य चिन्हमा मत दिएर एमाले उमेद्वार जिताउने वचन दिएका हुन् ।

भुगोलको हिसाबको ठूलो रहेको पोखरा महानगरको वडा नं २३ मा अहिलेसम्म कुनै पनि सडक पिच छैन भन्दा फरक पर्दैन । केही दुरी पिच बनाएको बाटो पनि सबै भत्किएर कच्ची जस्तै भएको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय चुनाव केन्द्रित कोणसभामा महानगरका मेयर पदका एमाले उमेद्वार कृष्णबहादुर थापाले वडा २३ को मुख्य सडक पिच गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले हर्पन खोला, खहरे खोलाले मानव बस्ती तथा खेतीयोग्य जमिनका गरेको क्षति तथा फेवाताल पुर्ने समस्यालाई न्युनीकरण गर्न तटबन्धको व्यवस्था गर्ने, बिग्रिएको सिल्टेसन ड्यामको मर्मत सम्भार गरेर ताल संरक्षण गर्ने, हल्लनचोकबाट घाँटिछिना जाने बाटोका साखा बाटोको स्तरोन्नती गर्ने प्रतिवद्वता जनाउनुभयो ।

३ वटा मतदानस्थल रहेको वडा नं २३ मा भौगोलिक हिसाबले ठूलो भए पनि महागरपालिकाबाट पाउने सेवा सुविधा कम पाएको वडाको आवश्यकता अनुसार माग सम्बोधन गर्ने उपमेयर पदका उमेद्वार मञ्जुदेवी गुरुङले स्पष्ट पार्नुभयो ।

कांग्रेस जनप्रतिनिधि भएको उक्त वडामा प्राय विकासका काम खासै हुन नसकेकोले अब स्रोत साधन जुटाएर महानगरको सहयोग लिएर विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उमेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनको लागि सिद्वबराह मन्दिरमा १ सय ८ फिटको अग्लो हनुमानको मुर्ति बनाउने उद्घोष गर्नुभयो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले घरदैलोका क्रममा बस्ती र जनसंख्याको हिसाबले विकासका काम नभएकाले असन्तुष्ट वडावासीले एमालेलाई मतदान गर्ने प्रतिकृया पाएको बताउनुभयो ।

वडा नं २३ मा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार शिवलाल पराजुली, सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फबेन्द्र कुमार गुरुङ हुनुहुन्छ ।

Comments
Loading...