हिमाली आवाज । पार्टीको नीतिप्रति असहमतीजनाउदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा‘बागी’उम्मेदवारी दिनुभएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्तासँगै उहाँले गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्य र नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभयो ।

कार्कीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निश्क्रिय भएको बताउनुभयो । ‘साथीभाईको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।’ प्रेस विज्ञप्तीमा कार्कीले भन्नुभएको छ, ‘मेरो उम्मेदवारी आजैदेखि निश्क्रिय भएको छ ।’
यसैबीच नेपाली काँग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टी भित्र असन्तुष्टीभएपनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरि कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुशी भएको काँग्रेस कास्कीका सभाापति किशोर दत्त बरालले बताउनुभयो ।