हिमाली आवाज । पोखरा महानगरपालिकाका मेयर उम्मेदवार धनराज आचार्यले पोखरा–२० मौजाको मुख्य आवश्यकतानै सडक रहेको बताउनुभएको छ ।
पोखरा–२० मा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मौजा आँटिघर लगायत गाउँको मुख्यमानै सडक रहेकाले त्यसको सम्बोधन आफूहरुले गर्ने बताउनुभयो । आफु निर्वाचित भएमा सडक स्तरोन्नति गर्दै त्यहाँको पर्यटकीय क्षेत्रको विकास गर्ने मेयरका उम्मेदवार आचार्यले प्रतिबद्धता जनाउनुभयो ।
आचार्यले पहिले सडकको विकास भएमात्र अन्य क्षेत्रले गति लिने बताउँदै भन्नुभयो, ‘गाउँमा राम्रो बाटो पुगे अरु विकास त्यसै हुन्छ । बाटो आएपछि यहाँ कृषि पकेट क्षेत्र बनाउन सकिन्छ । बेसार होला,अदुवा होला या अन्य कुनै जसले बजार सम्म पुग्ने अवसर पाओस । जसका लागि सडक बन्न आवस्यक छ’।

गाउँमा निशुल्क वाईफाईको समेत व्यवस्था गरिदिए संचारमा ठुलो राहत पुग्नेमा आफु आशावादी रहेको उहाँले सुनाउनुभये । होमस्टे बनाएर प्रचार प्रसार गरी पर्यटक तान्ने किसिमका काम गर्ने योजना समेत सोचेको उहाँले बताउनुभयो ।
उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पोखरा–२० पर्यटकीय सम्भावना बोकेको वडा रहेको बताउनुभयो । उहाँले पोखरा आफैमा पर्यटकीय क्षेत्र रहेपनि पोखरा २० लाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने बताउँदै भन्नुभयो,‘पोखरा–२० मौजा आँटीघरमा होमस्टे संचालन गरेर पोखरामा पर्यटकीय बसाई लम्बाउने सकिन्छ ।’
‘२० नम्बर वडाको मौजामहानगरपालिकाको विकट वडा भनेर चिनिने गरेको छ । यस्तै वडा महानगरमा धेरै रहेका छन् । यी वडा विकासको दृष्टिकोणले आफु महागनर बासीभएको गर्व गर्ने अवस्थानै छैन’रानाभाटले भन्नुभयो,‘यो वडामा दलितहरुको धेरै समस्या छन् । यहाँका बाटोहरुको स्तरोन्नती गर्न आवस्यक छ । अहिलेको समयअनुसार अहिलेका सामुदायिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा लैजान पर्छ भन्ने हो ।’
