माछापुच्छ्रे गाउँपालिका नेकपा एसका अध्यक्ष एमालेमै फर्किए

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी नेकपा एमालेमानै फर्किनुभएको छ । आज आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै एमालेमानै फर्किनुभएको हो ।कार्यक्रममा अधिकारीले अबदेखी आफूले एमालेमा रहेरनै राजनीति गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन आग्रह गर्नुभयो । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उहाँले भन्नुभयो,‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’

गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताउनुभयो । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याइने उहाँले प्रतिाउनुभयो ।५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले स्पष्ट पार्नुभयो ।

त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेकाले विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउन आफूले पहल गर्ने उनले प्रतिवद्धता जनाउनुभयो ।

तिवारीले गाउँपालिकाका महिलालाई आयसंग जोड्ने प्रतिवद्धता व्यक्त गर्दैै भन्नुभयो,‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’

Comments
Loading...