हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकाहरु उत्साहित बनेका छन् । विसं २०७४ को तुलनामा यसपटक पार्टीप्रति मतदाताको आकर्षण बढेपछि उम्मेदवार उत्साहित बनेका हुन् । यसपटक विगतमा निस्कृय रहेका कार्यकर्ता समेत पार्टीमा जोडिएपछि उर्जा मिलेको बताइन्छ ।
नेकपा(माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा कास्कीको माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा विद्यार्थी नेतृ प्रविणा अधिकारीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी अधिकाँस वडामा एकल उम्मेदवारी तथा केहीमा तालमेल गरिएको माओवादीले जनाएको छ ।
उम्मेदवारी मनोनयदेखी घरदैलोका क्रममा जनताले माओवादीप्रति दर्शाएको सद्भावले आफूहरु उत्साहित बनेको गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविणा अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,“परिर्वतनको संवाहक माओवादी हो, उसैको नीतिबाट परिर्वतन भएकाले नेतृत्व पनि माओवादीकै हुनुपर्दछ भन्नेमा नागरिकका मत पायौँ । धेरै ठाउँमा पार्टीप्रति आकर्षण बढेकाले उत्साहित छौँ ।”

माओवादी केन्द्रले माछापुच्छ«ेका अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ । धम्पुस र धिताललाई माओवादीले जित्ने वडामा राखेको छ । यी दुई वडामा पार्टीका उम्मेदवार विजय नजिक भएको दावी माओवादीको छ । यसैगरी पछिल्लो पटक सार्दिखोला र वडा नं १ माछापुच्छ्रेमा पार्टीका उम्मेदवारहरुप्रति जनताले उल्लासपूर्ण साथ र सहयोग गरेको माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका कमिटी उपाध्यक्ष गोपाल पोखरेलले बताउनुभयो । उहाँले मंगलबार सार्दिखोलादेखी धम्पुससम्म निकालिएको मोटरसाइकल ¥यालीले जनताको समर्थन माओवादीलाई रहेको पुष्टि भएको बताउनुभयो ।
माओवादीबाट वडा नं ६ धितालमा पूर्णभद्र गौतम वडाध्यक्षको प्रत्याशी हुनुहुन्छ । यसैगरी महिला सदस्य सीता अधिकारी, दलित सदस्य बसन्ती नेपाली र खुला सदस्य नबिनराज अधिकारी र रामबहादुर नेपाली सदस्य हुनुहु्न्छ ।
वडा नं ७ धम्पुसमा माओवादीबाट बैकुण्ठ प्रसाद भण्डारी अध्यक्षको उम्मेदवार हुनुहुन्छ । महिला सदस्यमा कल्पना भण्डारी, दलित सदस्य लक्ष्मी विक र खुला सदस्यमा प्रेम विश्वकर्मा र रामचन्द्र भण्डारी उम्मेदवार रहनुभएको छ ।
त्यसैगरी वडा नं २ को सार्दिखोलामा श्री घले वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । खुला सदस्यहरुमा पुष्पराज गौतम, विक्रम नेपाली, दलित महिला सदस्य शर्मिला विक र खुला महिला सदस्य पूर्णिमा तामाङ हुनुहुन्छ ।वडा नं ४ लाहाचोकमा माओवादीले चिरञ्जिवि अधिकारीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
