सामाजिक क्षेत्रका ‘फ्रन्टलाइनर’ भानुको वडाध्यक्षको हुटहुटी

हिमाली आवाज । दुई वर्षअघि कोरोनाले देशै हायलकालय बनायो । देश ठप्प भयो, धेरै बरोजगार बने र भोकभोकै रहनुपर्ने बाध्यता आइप¥र्यो । यस्तैमा पोखरामा एउटा स्वयंसेवी संस्था जन्मियो जसले कोरोनाले साँझ विहान छाकटार्न धौ धौ भएर भोकै बस्नुपर्ने बाध्यताभएकाहरुलाई उपकार ग¥र्यो, घरमै खाना लगिदिएर,त्यही पनि निःशुल्क ।

महामारीमा सो परोपकारी कार्यमा खटिनुभएको थियो युवा व्यवसायी तथा राजनीतिक कार्यकर्ता भानुभक्त अधिकारी । विभिन्न संस्थामा रहेर सामाजिक कार्य गर्ने अधिकारीले कोरोनाको बेला असाहायहरुलाई परेको दुःख देख्न सक्नु भएन र उनीहरुको भेट भर्न कस्सिनुभयो ।

जहिले पनि संकटको बेला अग्रपंक्तिमा देखिने अधिकारी अहिले पोखरामा वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट पोखरा–१ को वडाध्यक्षका उम्मेदवार अधिकारीमा अहिले आफ्नो डेढ दशकको सामाजिक कार्यसँगै जनप्रतिनिधि बन्ने हुटहुटी जागेको छ ।

उहाँ आसन्न निर्वाचनमा विजयी बनेर वडा सरकारको नेतृत्व गर्दै सामाजिक क्षेत्रमै आफूलाई समर्पित गर्ने प्रण सहित अहिले मैदानमा उत्रिनुभएको छ ।उहाँले भन्नुभयो,“ राम्रोसँग समाजसेवा गर्न पनि आफू कार्यान्वयन गर्ने ठाउँमै हुनुपर्ने रहेछ भन्ने लाग्यो । वडाको जनप्रतिनिधि बनेर पुनः यही समाजकै लागि केही गर्ने उद्धेश्य बोेकेर मैदानमा उत्रिएका हुँ ।”

सामाजिक काम गर्दा विकास निर्माण लगायतमा देखिएको समस्या र केही गर्छु भन्नेहरुलाई भएको असहयोग देखेर पनि आफू नेतृत्वमा पुग्नु पर्छ भन्ने लागेको अधिकारीको भनाई छ ।

अधिकारी दुई कार्यकाल इन्द्रेणी एकीकृत समाजको अध्यक्ष बन्नुभयो । उहाँको कार्यकालमा समाजको सभाहल बन्यो, गाइघाटमा पौवा र सार्वजनिक जग्गा संरक्षणमा तारबार लगाउने काम उहाँको कार्यकालमा भएका थिए । त्यसैगरी अधिकारीको अगुवाईमा नयाँगल्लीको बाटो खोलेर राजमार्गमा जोड्ने फराकिलो बनाउने काम भयो । यातायात, लायन्यस क्लबमा रहँदा उहाँले आफ्नो वडामा धेरै सामाजिक काम गर्नुभएको छ ।

लायन्स अध्यक्ष हुँदा रत्न आधारभुत विद्यालयमा छानो छाउन सहयोग गर्नुभयो । टुँडीखेल मैदान, संरक्षण, शिक्षाको गुणस्तर वृद्धिका लागि योगादन सहित उहाँले विसं ०७२ को गोरखा भुकम्पको बेला समेत लायन्यस क्लबबाट उल्लेख्य राहत वितरण र परोकारी काम गर्नुभयो । आफ्नो डेढ दशकभन्दा लामो समय सामाजिक कार्यमा व्यतित गर्नुभएका अधिकारीको अबको सपना जनप्रतिनिधि बनेर वडाको मुहार हेर्ने रहेको उहाँले सुनाउनुभयो ।

Comments
Loading...