कास्कीमा मतदानको दिन विहान ६ बजेदेखी राति १२ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

हिमाली आवाज । कास्की जिल्ला भर भोली वैशाख ३० गते मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र स्थानीय तह सदस्य निर्वाचन कार्यविधि अनुसार सवारी अनुमति(पास) लिएका बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

वैशाख ३० गते विहान ६ बजेदेखी राति १२ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइएको प्रशासनले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्नका लागि सो व्यवस्था गरिएकामा सोको उल्लंघन गरिएकामा कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

Comments
Loading...