देशका ४४ मतदान केन्द्रमा मतदान स्थगित

हिमाली आवाज । स्थानीय तहको निर्वाचनका क्रममा आज ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ।
१४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन निर्वाचन आयोगले जनाएको छ ।

Comments
Loading...