मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

हिमाली आवाज । गण्डकी प्रदेश अन्तर्गत मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार छोम्पेल विष्ट ६८९ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मत मात्र पाउनुभयो । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हो गुरुङ विजयी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी गुरुङ पराजित हुनुभएको छ ।

Comments
Loading...