कास्कीको रुपामा एमालेकाओझा र गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित

हिमाली आवाज ।  कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुनः नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत वैशाख ३० गते भएको मतदानको आज घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार एमालेका अध्यक्षका उम्मेदवार ओझा एक हजार ६१२ मतान्तर सहित दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो ।

विजयी ओझाले  पाँच हजार ७४९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गीमाया गुरुङले चार हजार १३७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै लालसुब्बा गुरुङले पाँच हजार ३३२ मत प्राप्त गरी विजयी हुँदा काँग्रेसका नारायण कुमार श्रेष्ठले चार हजार १५३ मत प्राप्त गर्नुभयो ।

Comments
Loading...